काठमाडौं । टेलिकम कप राष्ट्रिय खुला महिला ह्याण्डबल प्रतियोगिता बैशाख ३ गतेबाट सुरु हुने भएको छ ।
महिला शशक्तिकरणका लागि सहयात्र, राष्ट्रिय प्रतियोगितामा महिला खेलाडी सहभागिता बृद्धि अभियान अन्तरगत संघले प्रतियोगिता गर्न लागेको हो ।
बैशाख ६ गते सम्म बुढानिलकण्ठ नगरपालिकाको वडा नं. ८ गोल्फुटार खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी गराएको छ । नेपाल ह्याण्डबल संघको आयोजनामा हुने प्रतियोगितालाई नेपाल टेलिकमको मुख्य प्रायोजन गर्ने भएको छ ।
यस्तै उदयपुर जिल्लाको बेलका नगरपालिकामा राष्ट्रिय खुला पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको छ । २०७८ चैत्र २१ देखि २४ गते सम्म आयोजना हुने प्रतियोगितालाई बेलका नगरपालिकाको मुख्य प्रायोजन हुने समेत संघका महासचिव सन्देश रेग्मीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।
प्रतियोगितामा प्रदेश १ र दुई देखि बाहेकका प्रदेश र विभागिय टोलीमा नेपाली सेना र सशस्त्र प्रहरीबलको एपिएफ क्लबले सहभागिता जनाउने समेत महासचिव रेग्मीले जानकारी गराए ।