काठमाडौं । प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोको प्रतिस्पर्धा शनिबारदेखि हेटौडामा सुरु भएको छ ।
पहिलो दिन पुरुष ५४ केजीमुनि काभ्रेका रोशन केसी र दोलखाका रोशन खत्री फाइनलमा प्रवेश गरे ।
महिला ५५ केजीमुनि सिन्धुपाल्चोककी अन्जली तामाङ र काठमाडौंकी रन्जिला रोकाले स्वर्ण भिडन्त पक्का गरे ।
प्रतियोगितामा बाग्मती प्रदेशका विभिन्न १२ जिल्लाका १ सय ७० खेलाडी सहभागी छन् । ग्योरोगी र पुम्सेमा गरी जम्मा २६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । तेक्वान्दो सोमबार सम्पन्न हुने छ ।
पुरुष टी– २० क्रिकेटमा धादिङले काठमाडौं तथा चितवनले नुवाकोटलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । उक्त खेलसंगै सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा धादिङको भेट काभ्रेसंग हुने छ भने चितवनले नुवाकोटको सामना गर्ने छ । खेलकुदअन्तर्गत आइतबारदेखि एथलेटिक्सको प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदै छ ।