काठमाडौं । बेल्जियन ओपन जि– २ तेक्वान्दोमा प्रतियोगितामा सहभागी हुन ६ पुरुष खेलाडीसहित १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियमको लोमेल प्रस्थान गर्दैछ ।
चैत ५ देखि ६ गतेसम्म हुने प्रतियोगिताको ८० केजीमुनि धनबहादुर दराई, ७४ केजीमा दीपेन्द्रबहादुर नेपाली, ६८ केजीमा शिशिर श्रेष्ठ र वीरबहादुर महरा, ६३ केजीमा अब्बास खान तथा ५४ केजीमा महोहम्मद उमर खानले नेपालको चुनौती पेश गर्ने छन् ।
टोलीमा २ खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता छन् । १३ औं सागमा वीरबहादुरले स्वर्ण तथा शिशिरले कांस्य जितेका थिए ।
टोलीका मुख्य प्रशिक्षकमा गोपाल श्रेष्ठ र प्रशिक्षकमा रोशन खान तथा व्यवस्थापकमा सैलेश श्रेष्ठ रहेका छन् ।
ग्योरोगीका सेकेन्ड क्लास निर्णायक अशोक खड्काले प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गर्ने छन् ।