काठमाडौं । भारतले श्रीलंकाविरुद्धको दुई खेलको टेस्ट सिरिज क्लिन स्विप गरेको छ ।
घरेलु टोली भारतले दोस्रो टेस्ट २ सय ३८ रनले जित्दै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो ।
जितका लागि ४ सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलंका दोस्रो इनिङ्समा २ सय ८ रनमा अलआउट भयो ।
श्रीलंकाका लागि कप्तान दिमुथ करुणा रत्नेले १ सय ७ रन जोडेपनि जितका लागि पर्याप्त भएन ।
श्रीलंकाको इनिङ्स धराशायी बनाउन रविचन्द्रन आश्विनले सर्वाधिक ४ विकेट लिए भने जसप्रित बुमराहले ३ विकेट हात पारे ।
श्रीलंकाले पहिलो इनिङ्समा १ सय ९ रन मात्र जोडेको थियो ।
भारतका लागि जसप्रित बुमराहले सर्वाधिक ५ विकेट लिएपछि श्रीलंका सस्तैमा समेटिएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले भने श्रेयस ऐयरको ९२ रनको मदतमा २ सय ५२ रन जोडेको थियो ।
श्रीलंकाका लासिथ इम्बुलडेनिया र प्रविण जयाविक्रमाले समान तीन–तीन विकेट लिएका थिए ।
भारतले दोस्रो इनिङ्स समाप्तीको घोषणा गर्दा ९ विकेट गुमाउदै ३ सय ३ रन जोडेको थियो ।
श्रेयस ऐयरले सर्वाधिक ६७ रन जोडेका थिए ।
श्रीलंकाका प्रविण जयाविक्रमाले सर्वाधिक ४ विकेट लिएका थिए ।