काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा रहेको हलिउड तेक्वान्दो स्कुलको २७ औँ स्थापना दिवस सोमबार विविध कार्यक्रम गरी नेपाली शैलीमा मनाइएको छ ।
हलिउड तेक्वान्दो स्कुलले वर्षका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई ट्रफी वितरण गर्नुअघि खादा ओढाएर सम्मान गरेको थियो।
हलिउड तेक्वान्दो स्कुल नेपालका पूर्व राष्ट्रिय तेक्वान्दो प्रशिक्षक तथा ग्रान्डमास्टर दिवाकर ‘डान’ महर्जनले स्थापना गरेको तेक्वान्दो स्कुल हो ।
ग्रान्डमास्टर महर्जनले सन् १९९५ मा युएस वल्र्ड क्लास तेक्वान्दो, हलिउड स्कुल स्थापना गर्नुभएको हो । उनले यस स्कुलमा चार नेपालीसहित २५० भन्दा बढी तेक्वान्दो प्रशिक्षार्थी नियमित प्रशिक्षणमा रहेको जानकारी दिए ।
हलिउड तेक्वान्दो स्कुलले अमेरिकामा नेपालको परिचय दिने कामसमेत गर्दै आएको छ ।