विराट कोहलीका चार समर्थक पक्राउ
सोमबार, फागुन ३०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीका चार समर्थक पक्राउ परेका छन् ।
सुरक्षा नियम तोड्दै बैंगलोरको मैदानमा कोहलीसँग सेल्फी खिचेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
भारत र श्रीलंकाबीचको टेस्ट क्रिकेट चलिरहदा सुरक्षा नियमको उल्लंघन गरेको आरोपमा चारैजनाविरुद्ध एफआईआर दर्ता गरिएको छ ।
चारजना मध्ये तीन जना बैंगलोर तथा एक जना कालाबुरागीका रहेका थिए ।
सुरक्षाकर्मीलाई झुक्याउदै उनीहरु कोहली नजिक पुगेका थिए ।
#विराट कोहलीका चार समर्थक पक्राउ








-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)