काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टिमले आगामी मे–जुनमा हुने आईसीसी यू–१९ महिला एसिया कप छनोटमा सहभागी हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) श्रोतका अनुसार छनोट मे अथवा जुनमा हुने भएपछि आयोजक देशको टुंगो भने लागेको छैन ।
एसिया कप छनोट आयोजनाका लागि मलेसियासहितका देशहरुले प्रयास गरिरहेका छन् ।
छनोटकै लागि क्यानले धनगढीमा चैतमा राष्ट्रिय प्रतियोगिता आयोजना समेत गर्ने तयारी गरिरहेको छ ।
यसका लागि कैलाली क्रिकेट संघलाई पत्राचार पनि गरिसकिएको क्यान श्रोतले जनाएको छ ।
खेलाडी छनोटको रुपमा रहेको राष्ट्रिय प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहनेछ ।
राष्ट्रिय प्रतियोगिताबाट छनोटमा परेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिनेछ ।