एजेन्सी । अष्ट्रेलियन लेजेण्ड शेन वार्न शंकास्पद हार्ट अट्याकको कारण गत हप्ता निधन भयो । ५२ वर्षे वार्नले आफ्नो साथीहरुसंग छुट्टी मनाउंदै गर्दा थाइल्याण्डमा अन्तिम सास फेरे ।
वार्नको पार्थिब शरीर एक निजी पारिवारिक अन्त्येष्टि स्थानमा पुरिने छ ।
पुर्व क्रिकेट अष्ट्रेलियाक डाक्टरले वार्नको आकस्मिक निधनको एकै रातको कारण नभएको बताएका छन् । 'वार्नलाई मुटुको समस्या थियो, तर थाइल्याण्डमा एकै रातमा भएको होइन ।' अष्ट्रेलिया क्रिकेटका पुर्व डाक्टर पिटर ब्रुक्नरले फक्स क्रिकेटसंग भनेका छन्, 'यो त २०-३० वर्ष देखि धुम्रपान, खराब डाइट जस्ता कारणले चल्दै आएको थियो ।'
यद्दपी वार्नको मुटुको जटिलता बारे जानकार नरहे पनि ब्रुक्नर यस समाचारबाट स्तब्ध भएको बताए । 'हामी कसैले यो समाचार पत्याउन सक्दैन थियौं, उ वास्तविक जीवनभन्दा ठूलो चरित्र थियो ।' उनले थपे ।
वार्नका एक आत्मीय मित्र तथा पुर्व अष्ट्रेलियाका क्रिकेटर इयान हेलीलाई वार्न आफ्नो स्वस्थमा लापरवाही रहेको जानकार थिए ।
'वार्नले छिट्टै संसार छाडेर जानु मलाई अस्चार्य लागेन । उनले आफ्नो शरीरको ख्याल नै गर्दैन थिए ।' हेलीले फक्स स्पोर्ट्ससंग भने, 'समस्या यो हो कि तपाई एक मिनेटमा हृदय रोग विकास गर्नुहुन्न। यो एकदमै क्रमिक प्रक्रिया हो ।'
बिहिबार वार्नको पार्थिब शरीरमा अष्ट्रेलियाको राष्ट्रिय झन्डा ओढाइने छ ।
पार्थिब शरीरको कफिनलाई थाई पुलिसको फरेन्सिकबाट एम्बुलेन्समा राखेर अन्तराष्ट्रिय एअरपोर्ट लगिने छ ।
थाइल्याण्डका लोकल मिडियाका अनुसार वार्नको पार्थिब शरीर एक निजि जेट बिमानबाट उनको गृहनगर मेलबर्न, अष्ट्रेलिया पुर्याइने छ ।