काठमाडौं । भारतीय क्रिकेटर शान्ताकुमारन श्रीसंतले घरेलु क्रिकेटबाट सन्यास लिएका छन् ।
बलर श्रीसंतले सामाजिक संजालबाट घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
३९ वर्षीय श्रीसंत प्रतिबन्धबाट फुकुवा हुँदै २०२१ मा क्रिकेटमा फर्किएका थिए ।
सन् २०१३ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा म्याच फिक्सिङको आरोप लागेपछि उनी प्रतिबन्धमा थिए ।
बीसीसीआईले उनीसँगै अन्य दुई खेलाडीलाई आजीवन प्रतिबन्ध गरेको थियो । आजीवन प्रतिबन्धपछि श्रीसंतले अदालतमा मुद्दा दर्ता गराएका थिए । पछि उनको प्रतिबन्ध ७ वर्षमा घटेको थियो ।
उनी २०२१ मा केरेलाबाट खेल्दै घरेलु क्रिकेटमा फर्किएका थिए । गत सिजन उनले सेतो बलको अधिकांस प्रतियोगिता खेलेका थिए ।
भारतले सन् २००७ को टी-ट्वान्टी विश्वकप जित्दा श्रीसंत मुख्य फास्ट बलरको रूपमा रहेका थिए ।
श्रसंतले भारतको लागि २७ टेष्ट, ५३ एकदिवसीय र १० टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।