कुशलको वरीयतामा पुनः सुधार
बुधबार, फागुन २५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । कुशल भुर्तेलको आईसीसी टी–ट्वान्टी वरीयतामा सुधार भएको छ ।
आईसीसीको पछिल्लो वरीयताक्रम अनुसार ब्याटिङतर्फ कुशल दुई स्थानमाथि उक्लदै २९ औं स्थानमा पुगेका छन् ।
यस अघि उनी ३१ औं स्थानमा रहेका थिए ।
ब्याटिङतर्फ दिपेन्द्र सिंह ऐरी भने ५१ औं स्थानमा यथावत रहेका छन् ।
बलिङतर्फ लेग स्पीनर सन्दीप लामिछाने एक स्थान तल झरेका छन् ।
नेपाली क्रिकेट टिमका कप्तान सन्दीप ३६ औं स्थानबाट ३७ औं स्थानमा झरेका छन् ।
बलिङतर्फ नै अविनाश बोहरा भने ८२ औं स्थानबाट एक स्थान माथि ८१ औं स्थानमा पुगेका छन् ।
#कुशल भुर्तेल






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

