काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार मैत्रीपूर्ण खेलको आयोजना गरेको छ ।
क्यानले महिला क्रिकेटरबीच टियु क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेट आयोजना गरेको हो ।
मैत्रीपूर्ण खेलसँगै क्यानले केन्द्रीय सम्झौतामा रहेका महिला खेलाडीलाई सम्मान समेत गरेको थियो ।
क्यानको केन्द्रीय सम्झौताको ग्रेड ए अन्तर्गत रुविना क्षेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी रहेका छन् ।
त्यसैगरी, ग्रेड बी अन्तर्गत सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योती पाण्डे रहेका छन् ।
ग्रेड सी अन्तर्गत डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेका छन् ।