काठमाडौं । ब्याट्सम्यान क्रेग एर्विन सिमित ओभरका लागि जिम्बावेको कप्तान नियुक्त भएका छन् ।
जिम्बावे क्रिकेटले एर्विनलाई सेतो बल क्रिकेटका लागि कप्तान नियुक्त गरिएको जनाएको छ ।
एर्विनले आयरल्याण्ड र स्कटल्याण्डविरुद्धको सिरिजमा अन्तरिम कप्तानी गरेका थिए ।
यस्तै रेगिस चिकबभालाई उपकप्तान चयन गरिएको छ ।
जिम्बावेले सिन विलियम्सलाई टेस्ट कप्तानको रुपमा निरन्तरता दिएको छ ।