काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिताका पदक विजेता पुरस्कृत भएका छन् ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ३ हजार र २÷२ हजारका दरले नगद पुरस्कार पाए ।
माघ २८ गते भएको प्रतियोगिताको पुरुषमा अल्पाइनका पुष्पप्रसाद गौतम पहिलो, मैजुकुमारीका नोर्बु मोक्तान दोश्रो तथा बालाजुका सुरेश मानन्धर र योन्सुकका दुर्गामान तामाङ तेश्रो भएका थिए ।
महिलामा मिनिल्यान्डकी चन्दु शाही प्रथम, लुनारकी रंगिला रोका द्वितीय तथा विद्या आर्जनकी मुना खवास मगर र पिस नेपालकी सारदा धिमालले तृतीय स्थान हासिल गरेका थिए ।
उनीहरुलाई आयोजक संघका अध्यक्ष अशोक खड्काले एक कार्यक्रमबीच नगद पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको पुरुषमा २९ र महिलामा ८ डोजाङ प्रमुख सहभागी थिए ।