नेपालको सुरुआती ११ बाट शरद बाहिर
२०२२ फेब्रुअरी १८, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । नेपालले ओमानविरुद्धको सुरुआती ११ बाट शरद भेषावकर, सागर ढकाल र गुल्सन झालाई बेन्चमा राखेको छ ।
अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ ।
नेपालले कप्तान सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमल सिंह ऐरी, विवेक यादव र लोकेश बमलाई ओमानविरुद्ध मैदानमा उतार्ने भएको छ ।
#NepalvsOman