रुपन्देही सुपर लिग शनिबारबाट

काठमाडौं । रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता भोलि शनिबारबाट सुरु हुने भएको छ ।
रुपन्देही जिल्ला क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता चैत १२ गतेसम्म हुनेछ ।
एकदिवसीय ढाँचाको प्रतियोगितामा ए र बी डिभिजनका कुल २० टोलीको सहभागिता रहेको छ ।
डिभिजन बी मा १२ टिम र डिभिजन ए मा ८ टिम रहेका छन् ।
बी डिभिजनका १२ टोलीलाई ४ समूहमा विभाजन गरिनेछ ।
लिग चरणको खेल पछि हरेक समूहको शीर्ष टोली ए डिभिजनमा बढुवा हुनेछन् ।
ए डिभिजनका ८ र बढुवा भएका ४ टोलीलाई पुन: चार टोलीमा विभाजन गरेर लिग खेल खेलाईनेछ ।
हरेक समूहको शीर्ष चार टोलीले सुपर फोरमा स्थान बनाउने छन् । पुछारका टोली बी डिभिजनमा घटुवा हुनेछन् ।
सुपर फोरमा राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा हुनेछ । जसमा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।
लिगको विजेताले ८० हजार नाप्द प्राप्त गर्दा उपविजेताले ४० हजार पाउने छन् ।
प्लेयर अफ दि सिरिजले १५ हजार पाउने छन् ।
व्यक्तिगत विधामा उत्कृष्ट हुनेले जनही ५ हजार पाउने छन् ।