बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल विश्वकप नजिक तर धेरै टाढा 

बिहिबार, ०५ फाल्गुण २०७८खेलपाटी संवाददाता
नेपाल विश्वकप नजिक तर धेरै टाढा 
Loading ad...
mustang rice ad

काठमाडौं । अक्टुबर १६ बाट अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपका लागि नेपाल अन्तिम एक पाइला मात्र पर छ । 

अन्तिम एक खुडकिलोको यात्रा तय गर्न सके आठ वर्षपछि नेपालले पुनः विश्वकपमा आफ्नो झण्डा फहराउने अवसर प्राप्त गर्नेछ । 

तर सोही एक खुडकिलो भने फलामको चिउरा चपाउनु सरह हुनेछ नेपाललाई ।

किनभने शुक्रबारबाट ओमानमा सुरु हुन लागेको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा नेपालको विश्वकपको भविष्य केवल चार खेलले टुंगो लगाउने छ ।

अर्थात समूह चरणमा आयोजक ओमान, फिलिपिन्स र क्यानाडाबीच आफूलाई शीर्ष दुई स्थानमा उभ्याउदै सेमिफाइनलको यात्रा सुनिश्चित गरेर सेमिफाइनलमा विजयी भएमात्र नेपालले अष्ट्रेलियामा आफ्नो झण्डा फहराउने सुनिश्चित गर्नेछ । 

यसो हेर्दा केवल चार खेल त हो, राम्रो खेले सहजै विश्वकप पुगिन्छ भन्ने पनि लाग्न सक्ला ।

तर समूह चरणका तीन र सेमिफाइनलको एक खेलमा नेपाललाई कुनै पनि गल्ती वा बहाना बनाउन पाउने स्थान हुनेछैन । अन्यथा धेरै नजिक पुगेर पनि धेरै टाढा हुने सम्भावना उत्तिकै छ ।

ओमान जानु अघि नेपाल क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पनि स्पष्ट भनेका थिए कि चार टोलीमात्र रहेको समूहमा कुनै पनि खेलमा नेपाललाई गल्ति गर्ने छुट हुनेछैन ।

‘छनोटमा १४ देखि १६ टिम भयो भने छनोट हुने मौका धेरै हुन्छ । किनभने कुनै एउटा खराब दिनबाट पछि माथि उठ्न सक्छौ । तर चार टिम भएको समूहमा हामीले खराब दिनको बारेमा सोच्न सक्दैनौ, सबै खेलमा राम्रो खेल्नै पर्छ,’ दासानायकेले भनेका थिए । 

त्यसको उदारण भर्खरैमात्र ओमानमा सम्पन्न चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले देखाइसकेको छ । 

चारदेशीय सिरिज नेपालका लागि ग्लोबल छनोटको तयारी, ओमानको मैदानको अवस्था, खेलाडीहरुको प्रदर्शन आंकलन गर्ने तथा सहभागी टिमहरुको बारेमा अध्ययन गर्ने अवसरको रुपमा रहेको थियो । 

सिरिजमा नेपालले युवा क्रिकेटरहरु लोकेश बम, सागर ढकाल र विवेक यादवलाई डेब्यू समेत गरायो तर केवल लोकेशको युएईविरुद्ध गरेको ब्याटिङले केही आशा भने जगाएको थियो । 

समग्र रुपमा आयोजक टोली ओमान, युएई र आयरल्यान्डविरुद्ध खेल्दा नेपालले केवल ओमानविरुद्ध मात्र जित निकाल्न सक्यो, बाँकी दुई खेलमा पराजय भोग्यो । 

दिपेन्द्र सिंह ऐरीको अलराउन्डर प्रदर्शनमात्र सम्झन लायक रह्यो । 

युएईविरुद्ध बलिङमा चुकेको नेपाल भने आयरल्यान्डविरुद्ध ब्याटिङमा चुक्न पुग्यो । 

तर यस्ता गल्ती भने छनोटका खेलहरुमा स्वीकार्य हुनेछैन, किनभने एउटा गल्तीले मात्र पनि नेपालको विश्वकप खेल्ने सपनालाई चकनाचुर पारिदिनेछ । 

छनोटको चारवटै खेलमा नेपालले केवल राम्रो खेल्दै मन जितेर मात्र पुग्ने छैन, जित अवश्य नै निकाल्नु पर्नेछ । 

सिरिजका क्रममा ओमानलाई पराजित गरेको हिसाबले नेपालले विश्वकप छनोटको आफ्ना पहिलो खेलमा ओमानविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रिएपनि युएई र आयरल्यान्डविरुद्ध भोगेको पराजयले भने सचेत भने पक्कै बनाउनेछ । 

अझ अर्को महत्वपूर्ण कुरा के छ भने नेपालले ओमान, फिलिपिन्स र क्यानाडालाई समूह चरणमा पछि पारेर सेमिफाइनलमा प्रवेश गरेपनि आयरल्यान्ड अथवा युएई विरुद्ध जित निकाल्नै पर्ने हुन्छ । 

तर ती दुई टोलीबीच चारदेशीय सिरिजमा भोगेको पराजयले भने नेपाललाई तर्साउन सक्छ र नेपाल विश्वकपको नजित भएर पनि धेरै टाढा हुन सक्नेछ । 
 

Loading ad...
LiNing Ad
#आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

इटालीलाई विश्वकपमा फर्किने मौका

इटालीलाई विश्वकपमा फर्किने मौका

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा