काठमाडौं । भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-ट्वान्टीमा जित निकालेको छ ।
कोलकत्तामा बुधबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ५८ रनको लक्ष्य भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि कप्तान रोहित शर्माले ४० रन जोड्दा इशान किशनले ३५ रन बनाए ।
विराट कोहली १७ रन जोडेर आउट भए ।
सूर्यकुमार यादवले अविजित ३४ रन जोड्दा भेन्कातेस आयरले अविजित २४ रन जोडे ।
वेस्ट इन्डिजका लागि रोस्टन चेसले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि निकोलस पुरनले ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।
केली मेयर्सले ३१ रन जोड्दा कप्तान केइरन पोलार्डले अविजित २४ रन बनाए । अकिल होसेनले १० रन जोडे ।
भारतका हर्सल पटेल र रबि बिश्नोईले २/२ विकेट लिए ।
यस जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।