काठमाडौं । श्रीलंकाका अलराउन्डर वानिन्डु हसरंगामा कोभिड देखिएको छ ।
घरेलु टोली अष्ट्रेलियाविरुद्धको तेस्रो टी–ट्वान्टी खेल अघि हसरंगामा कोभिड पोजेटिभ देखिएको हो ।
उनी अहिले आइसोलेनमा रहेका छन् ।
हसरंगाले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजमा रहेका बाँकी ३ वटै खेल गुमाउने भएका छन् ।
यस अघि कुशल मेन्डिस र विनुरा फर्नान्डोमा पनि कोभिड पोजेटिभ देखिएको थियो ।
श्रीलंकाविरुद्धको सिरिजमा अष्ट्रेलिया २–० ले अघि छ ।