काठमाडौं । न्यूजिल्यान्डमा मार्च ४ तारिखबाट हुने आईसीसी महिला क्रिकेट विश्वकपको विजेता टोलीले १३ लाख २० हजार अमेरिकी डलर (अर्थात करिब १५ करोड ९० लाख नेपाली रुपैया) प्राप्त गर्नेछ ।
आईसीसीले जनाए अनुसार आठ टिमको सहभागिता रहने विश्वकपको उपविजेता टोलीले भने ६ लाख अमेरिकी डलर प्राप्त गर्नेछ ।
त्यसैगरी, सेमिफाइनलमा पराजित हुने दुई टिमले समान ३ लाख अमेरिकी डलर प्राप्त गर्नेछन् ।
समूह चरणबाटै बाहिरिने चार टिमले भने समान ७० हजार अमेरिकी डलर पाउने भएका छन् ।
त्यसबाहेक प्रत्येक खेल जितेबापत २५ हजार अमेरिकी डलर प्रदान गरिनेछ ।
विश्वकपमा आयोजक न्यूजिल्यान्डसहित अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, भारत, वेस्ट इन्डिज, पाकिस्तान र बंगलादेशको सहभागिता रहनेछ ।