काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि करण केसीको स्थानमा फास्ट बलर गुल्सन झा ओमान जाने भएका छन् ।
ढाडको समस्यका कारण करणले विश्वकप छनोट गुमाउने भएपछि गुल्सन ओमान जाने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी गराए ।
‘भिषाको प्रक्रिया चलिरहेको छ, गुल्सन एक वा दुई दिनभित्रै ओमान जानेछन्,’ मल्लले बताए ।
मल्लका अनुसार करण भने नेपाल फर्किनेछन् ।
करणले यस अघि ओमानमै भएको चारदेशीय टी–ट्वान्टी सिरिज पनि गुमाएका थिए ।
विश्वकप छनोट शुक्रबारबाट सुरु हुदैछ ।
नेपालले आफ्नो पहिलो खेल ओमानविरुद्ध खेल्नेछ ।