काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने यस वर्ष हुने इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिक्न सकेनन ।
यस अघिको सिजनमा समेत नेपाली टोलीका कप्तान लामिछानेलाई कुनै टिमले भित्र्याएको थिएन ।
२०२१ को सिजन अघि लगातार तीन वर्ष दिल्ली क्यापिटल्सले लामिछानेलाई अनुबन्धन गरेको थियो ।
यस वर्षका लागि उनको आधारमुल्य ६४ लाख नेपाली भएपनि कुनै पनि टिमले चासो देखाएन ।
शनिबार बिक्न नसकेका लामिछानेका लागि आईतबार बिक्री हुने आशा रहेको थियो तर अक्सन टुङ्गिदासम्म लामिछाने अनसोल्ड रहे ।
विश्वकप छनोटका लागि लामिछाने नेतृत्वको राष्ट्रिय क्रिकेट टिम यतिबेला ओमानमा छ ।
तर विश्व क्रिकेटको सबैभन्दा ठुलो फ्रेन्चाईजमा लामिछानेमाथि भाउ नलागेको हो ।