काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले श्रीलंकाविरुद्धको ५ खेलको टी–ट्वान्टी सिरिजमा २–० को अग्रता बनाएको छ ।
सिड्नीमा भएको दोस्रो खेलमा अष्ट्रेलियाले सुपर ओभरमा श्रीलंकालाई पराजित गरेको हो ।
सुपर ओभरमा श्रीलंकाले एक विकेट गुमाएर मात्र ५ रन जोडेको थियो भने अष्ट्रेलियाले ९ रन बनाएको थियो ।
यस अघि अष्ट्रेलियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रनमात्र जोडेपछि खेल बराबरीमा समाप्त भएको थियो ।
श्रीलंकाका लागि पाथुम निसान्काले ७३ तथा कप्तान दसुन शानाकाले ३४ रन जोडेका थिए ।
अष्ट्रेलियाका जोश ह्याजलउडले सर्वाधिक ३ विकेट हात पारे ।
प्याट कमिन्स, मार्कस स्टोइनिस, केन रिचार्डसन र एडम जाम्पाले एक–एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ६४ रन जोडेको थियो ।
उसका लागि जोश इंग्लीसले सर्वाधिक ४८ रन जोडेका थिए । कप्तान आरोन फिन्चले २५ रनको योगदान गरेका थिए ।
श्रीलंकाका वानिन्डु सिल्भा र दुसमान्था चामिराले समान दुई–दुई विकेट हात पारे ।
नुवान थुसारा र महिश थिकसानाले एक–एक विकेट हात पारे ।