राज बावाका लागि २ करोड भारु
आइतबार, ०१ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । भारतीय यू–१९ क्रिकेट टिमका अलराउन्डर राज बावा इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनबाट २ करोड भारतीय रुपैयामा बिक्री भएका छन् ।
भारतलाई यू–१९ विश्वकपको उपाधि दिलाउदा फाइनलमा प्लेयर अफ द म्याच घोषित भएका बावालाई पञ्जाब किंग्सले २ करोड तिरेको हो ।
बावाको २० लाखबाट बोलकबोल सुरु भएको थियो ।
बावाका लागि मुम्बई इन्डियन्स र पञ्जाबबीच प्रतिस्पर्धा चलेको थियो ।
#राज बावा










%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)


-1769690582903.jpeg&w=3840&q=75)
