काठमाडौं । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत युएईले ओमानमाथि १३ रनको जित दर्ता गरेको छ ।
ओमानस्थित अल अमेरात मैदानमा १ सय ७९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ७ विकेट गुमाउदै १ सय ६५ रन मात्र जोड्न सक्यो ।
युएईले आफ्नो पहिलो खेलमा नेपाललाई २५ रनले पराजित गरेको थियो ।
युएईविरुद्ध आयरल्यान्डका कप्तान एन्डी बालविर्नीले ४२ तथा कर्टिस क्याम्फर र ग्यारेथ डेलानीले समान ४० रन जोडेपनि जितका लागि पर्याप्त भएन ।
युएईका पालानिएपन मैयप्पनले सर्वाधिक २ तथा जाहुर खान र रोहन मुस्तफाले एक–एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७८ रन जोडेको थियो ।
युएईका रोहन मुस्तफाले सर्वाधिक ५४ रनको योगदान गर्दा भ्रित्या अरविन्दले ५० रन जोडे ।
कासिफ दाउदले २८ रनमा अविजित रहे ।
आयरल्यान्डका क्रेग योंगले सर्वाधिक ४ विकेट हात पारे ।
जोश लिटलले एक विकेट लिए ।