काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि जारी मेगा अक्सनमा भारतका इशान किसन अहिलेसम्म सर्वाधिक महंगा खेलाडी बनेका छन् ।
उनलाई मुम्बई इन्डियन्सले १५ करोड २५ लाख भारतीय रुपैयामा भित्र्याएको हो ।
दिपक चहर दोस्रो महंगा खेलाडी बनेका छन् । चहरलाई चेन्नई सुपर किंग्सले १४ करोड तिरेको छ ।
यता श्रेयस ऐयर सर्वाधिक रकम प्राप्त गर्ने खेलाडीको तेस्रो स्थानमा रहेका छन् ।
उनका लागि कोलकाता नाईट राइडर्सले १२ करोड २५ लाख तिरेको छ ।
इंग्ल्यान्डका लियाम लिभिङस्टोन भने चौथो स्थानमा छन् ।
लियामलाई भित्र्याउन पञ्जाब किंग्सले ११ करोड ५ लाख तिरेको छ ।
भारतकै सर्दुल ठाकुरलाई दिल्ली क्यापिटल्सले १० करोड ७५ लाख खर्चिएको छ ।
रोयल च्यालेन्जर्स बैंगलोरले श्रीलंकाका वानिन्डु हसरंगा र भारतकै हर्सल पटेलका लागि समान १० करोड ७५ लाख खर्चिएको छ ।
सनराईजर्स हैदराबादले वेस्ट इन्डिजका निकोलास पुरनका लागि १० करोड ७५ लाख खर्चिएको छ ।
गुजरात टाइटन्सले न्यूजिल्यान्डका लोक्की फर्गुसन, राजस्थान रोयल्सले भारतका प्रसिद्ध कृष्ण र लखनऊ सुपर जायन्टसले भारतकै आभेस खानका लागि समान १० करोड भारतीय रुपैया तिरेका छन् ।