काठमाडौं । ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गतका दुई खेलमा नेपालबाट तीन खेलाडीले डेब्यू गर्ने अवसर प्राप्त गरे ।
आयोजक ओमानविरुद्धको खेलमा सागर ढकाल र विवेक यादवले डेब्यू गर्ने अवसर प्राप्त गरे भने युएईविरुद्धको खेलमा लोकेश बमले डेब्यू गरे ।
पहिलो खेलमा ओमानविरुद्ध नेपालले ६ विकेटको जित हात पार्दा स्पिनर सागर र अलराउन्डर विवेकले बलिङ गर्ने मौका मात्र पाएका थिए ।
त्यसमध्ये सागरले ३ ओभर बलिङ गर्दा ३६ रन खर्चिएका थिए ।
विवेकले भने केवल १ ओभर बलिङ गरे र उनले केवल ५ रन खर्चिए ।
दोस्रो खेलमा भने नेपालले युएईविरुद्ध २५ रनको पराजय भोग्यो ।
सो खेलमा ब्याट्सम्यान लोकेशले डेब्यू गरेका थिए ।
उक्त खेलमा पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका लोकेशले आक्रमक ब्याटिङलाई निरन्तरता दिदै २१ बलमै ३३ रन जोडे ।
लोकेशले २ चौका र २ छक्का हिर्काएका थिए ।
युएईविरुद्धको खेलमा विवेकले पनि निरन्तरता पाएका थिए ।
तर उनले केवल १ ओभर बलिङ गर्दा २० रन खर्चिएका थिए । उनले ब्याटिङ भने गर्न पाएनन ।