काठमाडौं । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत युएईले नेपाललाई १ सय ९३ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोड्यो ।
युएईका लागि चिराग सुरीले ५३ बलमा सर्वाधिक ८४ रनको योगदान गरे । उनले ५ चौका र ५ छक्का प्रहार गरे ।
रोहन मुस्ताफाले ३५ बलमा ४९ रन बनाए । उनले ५ चौका र २ छक्का हिर्काए ।
मोहमद वासिमले १३ बलमा २२ रन जोडे । उनले एक चौका र दुई छक्का प्रहार गरे ।
मोहमद बुटाले १४ रन बनाए ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए ।
सन्दीपको टी–ट्वान्टी अन्तर्राष्ट्रिय २८ खेलमा ४९ औं विकेट हो ।