काठमाडौं । घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन सिप गरेको छ ।
अहमदाबादमा शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ९६ रनको जित निकाल्दै भारतले सिरिज ३-० ले जितेको हो ।
भारतले एकदिवसीयमा पहिलो पटक वेस्ट इन्डिजविरुद्धको सिरिज क्लिप स्विप गरेको हो ।
भारतले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ६९ रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका लागि ओडिन सिथले सर्वाधिक ३६ रन जोड्दा कप्तान निकोलस पुरणले ३४ रन बनाए । अल्जारी जोसेपले २९ रन बनाए ।
भारतका प्रसिद्ध कृष्ण र मोहमद सिराजले ३/३ विकेट लिए । दिपक चाहर रकुलदिप यादवले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा अलआउट हुँदै २ सय ६५ रन बनाएको थियो ।
भारतका लागि श्रेयस आयरले ८० रनको अर्धशतकीय इनिङ्स खेले । ऋषव पन्तले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । दिपक चाहरले ३८ तथा वासिङ्गटन सुन्दरले ३३ रन बनाए ।
वेस्ट इन्डिजका जासन होल्डरले ४ तथा अल्जारी जोसेप र हेडेन वाल्शले २/२ विकेट लिए ।