काठमाडौं । आयोजक अष्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टी–ट्वान्टी खेल २० रनले जितेको छ ।
पाँच खेलको सिरिज अन्तर्गत सिड्नीमा भएको पहिलो खेल अष्ट्रेलियाले डिएल मेथड अनुसार २० रनले जितेको हो ।
वर्षाका कारण प्रभावित भएको खेलमा १९ ओभरमा श्रीलंकाले १ सय ४३ रनको लक्ष्य पाएको थियो तर उसले ८ विकेट गुमाउदै केवल १ सय २२ रन जोड्न सक्यो ।
श्रीलंकाका लागि पाथुम निसान्काले सर्वाधिक ३६ तथा दिनेश चन्डीमालले २६ रन बनाए ।
अष्ट्रेलियाका जोश ह्याजलउडले सर्वाधिक ४ तथा एडम जाम्पाले ३ विकेट लिए ।
प्याट कमिन्सले एक विकेट हात पारे ।
यस अघि २० ओभरमा अष्ट्रेलियाले ९ विकेट गुमाउदै १ सय ४९ रन जोडेको थियो ।
उसका लागि बेन म्याकडर्मोटले सर्वाधिक ५३ रन जोड्दा मार्कस स्टोइनिसले ३० रनको योगदान गरे ।
श्रीलंकाका वानिन्डु सिल्भाले सर्वाधिक ३ विकेट लिए ।
दुस्मान्था चमिरा, विनुरा फर्नान्डो तथा चामिका कारुनारत्नेले समान दुई–दुई विकेट हात पारे ।