काठमाडौं । अल्पाइनका पुष्पप्रसाद गौतम र मिनिल्यान्डकी चन्दु शाहीले प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
पुरुषमा पुष्पले ६.३० अंक तथा महिलामा चन्दुले ६.७६ अंक जोडे ।
काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मैजुकुमारीका नोर्बु मोक्तान दोश्रो तथा बालाजुका सुरेश मानन्धर र योन्सुकका दुर्गामान तामाङ तेश्रो भए ।
महिलामा लुनारकी रंगिला रोका दोश्रो तथा विद्याआर्जनकी मुना खवास मगर र पिस नेपालकी सारदा धिमाल तेश्रो बने ।
पुरुष÷महिला दुवैमा पहिलो हुनेले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २÷२ हजार नगद पुरस्कार पाए ।
प्रतियोगिताको पुरुषमा २९ तथा महिलामा ८ डोजाङ प्रमुखले प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।