विवेक र सागरको डेब्यू
२०२२ फेब्रुअरी ११, शुक्रबारखेलपाटी संवाददाता
काठमाडौं । विवेक यादव र सागर ढकालले नेपालका लागि टी–ट्वान्टीमा डेब्यू गरेका छन् ।
ओमानमा आजबाट सुरु भएको चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आयोजक ओमानविरुद्धको खेलमा युवा अलराउन्डर विवेक र स्पीनर सागरले डेब्यू गरेका हुन् ।
उनीहरुले सन्दीप लामिछानेको कप्तानीमा डेब्यू गरे ।
यता लामिछानेका लागि पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको रुपमा पहिलो खेल हो ।
ओमानविरुद्ध नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र प्रदीप ऐरी ।
#विवेक यादव र सागर ढकाल