काठमाडौं । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
अल अमेरात क्रिकेट ग्राउन्डमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
सिरिज अन्तर्गत नेपालले ओमानविरुद्ध पहिलो खेल खेल्दैछ ।
सन्दीप लामिछानेका लागि कप्तानको रुपमा यो पहिलो खेल हो ।
सिरिजमा आयोजक ओमान, नेपाल, आयरल्यान्ड र युएईको सहभागिता रहेको छ ।
सिरिज ओमानमै आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको तयारीको रुपमा रहेको छ ।