काठमाडौं । ओमानमा आजबाट सुरु हुन लागेको चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजका खेल हेर्न ५० प्रतिशत दर्शकलाई अनुमति दिइने भएको छ ।
ओमान क्रिकेटले जनाए अनुसार खेल हेर्न सिट क्षमताको ५० प्रतिशत दर्शकलाई अनुमति दिइनेछ ।
तर खेल हेर्न भने कोभिडविरुद्धको खोप पूर्णमात्रामा लगाएको हुनुपर्नेछ ।
सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आज आयोजक ओमानविरुद्ध नेपाली समय अनुसार ३ ः ४५ मा खेल्दैछ ।
नेपाल र ओमानबीचको खेल अल अमेरात क्रिकेट ग्राउन्डमा हुनेछ ।