शुक्रबार, १५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ए डिभिजन लिग : दशौँ चरण आजबाट, दुई खेल हुँदै

बिहिबार, २७ माघ २०७८खेलपाटी संवाददाता
ए डिभिजन लिग : दशौँ चरण आजबाट, दुई खेल हुँदै

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको दशौँ चरणको खेलहरु आज शुक्रबारबाट सुरु हुँदैछ । शुक्रबार दशौँ चरणका दुई खेलहरु हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र ब्रिगेडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

फ्रेन्ड्स र ब्रिगेड दुबै टोली जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । त्यसैले यस खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ । फ्रेन्ड्सले ९ चरण सकिदा जित निकाल्न सकेको छैन ।

रेलिगेसनबाट जोगिन फ्रेन्ड्सलाई ब्रिगेडविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।

'यस खेल हाम्रो लागि एकदम महत्वपूर्ण छ ।  जित बिना पश्चातापको कुनै अर्थ हुदैन । हामी ३ अंकका लागि खेल्छौ,' फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्र भन्छन्, 'अवश्य पनि हामी जित निकाल्छौ । त्यहि अनुसारको तयारी छ ।  हार ब्यहोरेमा रेलिगेसनको सम्भावना ९९ प्रतिशत हुन्छ ।'

ब्रिगेड ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । रेलिगेसनबाट बन्च ब्रिगेडलाई पनि जित आवश्यक छ ।

'फ्रेन्ड्सविरुद्धको खेल हाम्रो लागि गर या मर जस्तै हो । तयारी राम्रो छ । खेलाडी मानसिक र शारीरिकरुपमा राम्रो छ । हामी यस खेलमा जितका लागि नै खेल्छौं,' ब्रिगेडका प्रशिक्षक समिर विष्ट भन्छन्, 'जित बाहेक अर्को बिकल्प छैन ।'

यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

आर्मी जावलाखेललाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ । आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

'तयारी राम्रो छ । राम्रो लयमा छ । तर, जावलाखेल राम्रो टिम छ उसले सबै टिमविरुद्ध राम्रै खेल्दै आएको छ,' आर्मीका प्रशिक्षक राजु तामाङ भन्छन्, 'हामी तीन अंकका लागि खेल्छौ । आउने चारवटै खेल जित्ने तथा शीर्ष तीनमा रहने योजना छ ।'

जावलाखेल पनि आर्मीविरुद्ध उत्कृष्ट नतिजाको खोजीमा हुनेछ । जावलाखेल ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

आर्मीलाई हराएर जावलाखेल अंक तालिका सुधार्न चाहन्छ ।

'तयारी राम्रो चलिरहेको छ । हामीलाई विश्वास छ आर्मीसँग राम्रो प्रतिस्पर्धा गर्छौ,' आर्मीविरुद्धको खेलबारे जावलाखेलका मुख्य प्रशिक्षक किशोर केसीले भने ।

Loading ad...
LiNing Ad
ए डिभिजन लिग : दशौँ चरण आजबाटदुई खेल हुँदै

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

हारसहित फर्किँदै नेपाली टोली

हारसहित फर्किँदै नेपाली टोली

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

गीता पनि भुटानी लिगमा

गीता पनि भुटानी लिगमा

 रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

भोजिन्हाले पाउलान् उपनाम राख्न ?

भोजिन्हाले पाउलान् उपनाम राख्न ?