काठमाडौं । घरेलु टोली भारतले दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजलाई जितका लागि २ सय ३८ रनको लक्ष्य दिएको छ।
अहमदाबादमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुएर २ सय ३७ रन बनायो ।
भारतका लागि सूर्यकुमार यादवले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । केएल राहुलले ४९ रन जोड्दा दिपक होडाले २९ रन बनाए ।
यस्तै वासिङ्गटन सुन्दरले २४ रन जोड्दा विराट कोहली र ऋषव पन्तले समान १८ रन जोडे । कप्तान रोहित शर्मा ५ रनमा आउट हुँदा युजभेन्द्र चाहल ११ रनमा अविजित रहे ।
वेस्ट इन्डिजका अल्जारी जोसेप र ओडिन स्मिथले २/२ विकेट लिए ।
३ खेलको सिरिजमा भारत १-० ले अघि रहेको छ । पहिलो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो ।