काठमाडौं । पाकिस्तानले ओपनर शान मसुद र फास्ट बलर हरिस राउफलाई समेट्दै पाकिस्तानले अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिजका लागि टिमको घोषणा गरेको छ ।
घरेलु टोली पाकिस्तान र अष्ट्रेलियाबीच तीन खेलको टेस्ट सिरिज हुदैछ । पहिलो टेस्ट रावलपिन्डीमा मार्च ४ बाट सुरु हुनेछ ।
पाकिस्तान र अष्ट्रेलियाबीच तीन खेलको एकदिवसिय तथा एक खेलको टी–ट्वान्टी सिरिज समेत हुनेछ ।
ब्याट्सम्यान मसुदले अन्तिम पटक न्यूजिल्यान्डविरुद्ध सन् २०२१ मा टेस्ट खेलेका थिए ।
अविड अलीको स्थानमा मसुदलाई ल्याइएको हो ।
यता राउफ भने अघिल्लो वर्ष दक्षिण अफ्रिका र जिम्बावेको भ्रमणमा रहेपनि खेल्न पाएका थिएनन ।
विलाल आसिफको स्थानमा राउफलाई ल्याइएको हो ।