काठमाडौं । पाकिस्तानको भ्रमणका लागि १८ सदस्यीय टोली घोषणा गरेको अष्टे«लियाले थप चार खेलाडीलाई तयारी अवस्थामा राखेको छ ।
अष्ट्रेलिया र पाकिस्तानबीच तीन खेलको टेस्ट, तीन खेलको एकदिवसिय र एक खेलको टी–ट्वान्टी सिरिज हुनेछ ।
पहिलो टेस्ट भने मार्च ४ बाट रावलपिन्डीमा सुरु हुनेछ ।
करिब एक महिनाको पाकिस्तान भ्रमण भएका कारण खेलाडी घाइते हुन सक्ने वा विरामी पर्न सक्ने अवस्थालाई ध्यानमा राखेर अष्ट्रेलियाले चार खेलाडीलाई तयारी अवस्थामा राखेको छ ।
ब्याट्सम्यानद्धय म्याट रेनशाँ र निक म्याडिसन तथा बलरद्धय सिन अबोट र मार्क स्टेकेटी रहेका छन् ।