काठमाडौं । ब्याडमिन्टनका यूवा स्टार प्रिन्स दाहाल शुक्रबार सम्मानित भएका छन् ।
प्रधानन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रिन्सलाई सम्मान गरेका हुन् ।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थान उक्लदै इतिहास रचेको कारण प्रिन्सलाई प्रधानमन्त्रीले सम्मान गरेका हुन् ।
बीडब्लुएफले गत पुसमा सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्ष स्थान उक्लिएका थिए ।
प्रिन्सले प्राप्त गरेको वरीयता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट नतिजा हो । ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् ।
विश्व ब्याडमिन्टन महासंघले पुरुषतर्फ जुनियर र सिनियरतर्फ गरि दुई स्पर्धामा वरीयता सार्वजनिक गर्दै आएको छ ।
प्रिन्स नेपाली ब्याडमिन्टनका युवा स्टार हुन् । युवा अवस्थामै उनले राष्ट्रिय र अन्तराष्ट्रिय ब्याडमिन्टनमा प्रभाव जमाउँदै विश्व वरीयतामा फड्को मार्दै आईरहेका छन् ।