काठमाडौं । वेस्ट इन्डिजका ब्याट्सम्यान सिमरोन हेटमयेरले भारतविरुद्धको सिरिज गुमाउने भएका छन् ।
वेस्ट इन्डिजले घरेलु टोली भारतविरुद्धको तीन खेलको टी–ट्वान्टी र समान तीन खेलको एकदिवसिय सिरिजका लागि १६ जनाको टोली घोषणा गरेको छ ।
तर फिटनेसमा समस्या देखिएपछि हेटमयेर भारतविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
वेस्ट इन्डिज र भारतबीचको एकदिवसिय खेलहरु अहमदाबादमा फेब्रुअरी ६, ९ र ११ तारिखमा हुने तालिका रहेको छ ।
त्यसैगरी, टी–ट्वान्टी खेलहरु फेब्रुअरी १६, १८ र २० तारिखमा कोलकातामा हुने तय भएको छ ।
वेस्ट इन्डिजले काइरन पोलार्ड, फावियन एलेन, डारेन ब्राभो, जासोन होल्डर, साई होप, अकिल होसेन, ब्रान्डन किंग, निकोलास पुरन, रोमारियो सेफर्ड, ओडियन स्मिथ र हायडन वाल्स जुनियरलाई दुबै टी–ट्वान्टी र एकदिवसिय टोलीमा राखेको छ ।