‘कोहलीको सन्यास आश्चर्यजनक थियो’
सोमबार, माघ १७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियाका पूर्व कप्तान रिक्की पोन्टिङले विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टिमबाट लिएको सन्यास आफ्ना लागि आश्चर्यजनक रहेको बताएका छन् ।
पोन्टिङका अनुसार सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) का क्रममा कोहलीले टी–ट्वान्टी तथा एकदिवसियबाट सन्यास लिनेबारे बताएका थिए ।
तर दक्षिण अफ्रिकासँग तीन खेलको टेस्ट सिरिज २–१ ले पराजित भएको एकदिन पछि नै कोहलीले टेस्ट टिमको कप्तान पद छाडेको घोषणा गरेका थिए ।
अष्ट्रेलियाका लागि ७७ टेस्ट खेलमा कप्तानीको भूमिका निर्वाह गरेका पोन्टिङले बताए अनुसार उनका लागि कोहलीको निर्णय आश्यचर्यजनक थियो ।
कोहली कप्तानीको भूमिकामा रमाइरहेको तथा भारतले उनको कप्तानी धेरै उपलब्धीहरु हासिल गरेको भन्दै पोन्टिङले उक्त निर्णयले आफ्ना लागि आश्चर्यजनक रहेको जनाए ।
#रिक्की पोन्टिङ











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

