शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

दक्षिण एसियाली खेलाडीको भरमा विश्वकपको सपना देख्दै जर्मनी 

आइतबार, १६ माघ २०७८खेलपाटी संवाददाता
दक्षिण एसियाली खेलाडीको भरमा विश्वकपको सपना देख्दै जर्मनी 
Classic Tech Internet Ad

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा प्रतिस्पर्धा जर्मनी एक ‘अन्डरडग’ टोलीको रुपमा रहने निश्चित छ । 

जर्मनी ग्लोबल छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको छ । यसै समूहमा जर्मनीसँगै आयोजक ओमान, नेपाल, बहराईन, क्यानाडा, आयरल्यान्ड, फिलिपिन्स र युएई रहेका छन् ।

यो समूहभित्र पनि दुई समूह बनेका कारण जर्मनीले भने आयरल्यान्ड, युएई र बहराई जस्ता बलिया टोलीविरुद्ध भिड्नु पर्नेछ । 

यदि यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपमा स्थान सुरक्षित गर्नुछ भने जर्मनीले समूह चरणमा कम्तिमा दोस्रो हँुदै सेमिफाइनल खेल जित्नुपर्नेछ । 

खासमा जर्मनी पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको हो र जर्मनी क्रिकेट टिमका लागि यो नै ठूलो सफलता हो । 

टिमका कप्तान भेनकट गणेसनका लागि यो ऐतिहासिक उपलब्धी हो । 

जर्मन क्रिकेट फेडेरेसनका सिइओ ब्रायन मान्टलेको भनाई अनुसार जर्मनीले आफू भन्दा ५० गुणा बढी क्रिकेट बजेट भएका टोलीविरुद्ध विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ । 

‘त्यसैले हामी छनोट प्रतियोगिताको एक ठूलो अन्डरडग टिमका रुपमा रहनेछौ,’ मान्टलेले भने । 

मान्टलेका अनुसार जर्मनीलाई विश्वकपमा स्थान भन्दा पनि जित्ने अवसर प्रदान गर्नेछ । 

‘यसको अर्थ यो होइन कि विश्वकपका लागि छनोट नै हुनुपर्छ, हामी एक वा दुई वटा आश्चर्यचकित नतिजा निकाल्ने प्रयासमा हुनेछौ ।’

जर्मनी टिममा खासगरी विदेशी आप्रवासीहरुको बाहुल्यता रहेको छ । र उनीहरुका लागि जर्मनी नै आफनो घर हो । 

अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका जस्ता क्रिकेट खेल्ने देशका आप्रवासीका कारण जर्मनीमा क्रिकेटको उदय भएको हो । 

टिमका कप्तान भेनकट गणेसन नै भारतीय मुलका हुन् र उनले तमिल नाडुमा हुँदा भारतीय क्रिकेट टिमका रविचन्द्रन आश्विन र दिनेश कार्तिक जस्ता खेलाडी उनका साथी थिए । 

यता तल्हा खानले पाकिस्तानका लागि उमेर समूहमा खेलिसकेका छन् । 

सन् २०१५ मा करिब १ लाख ८० हजार अफगान नागरिकले जर्मनीमा शरण खोजे । त्यसमध्ये अधिकांश ३० वर्षमुनीका थिए र क्रिकेटको माध्यमबाट आफ्नो उपस्थिति महसुस गराए । 

तल्हा खानका अनुसार अफगानी क्रिकेटरले जमर्नीको क्रिकेटमा परिवर्तन ल्यायो । 

जसको नतिजा अहिले जर्मनी विश्वकप छनोटको संघारमा छ । 

युरोन्यूजको सहयोगमा । 
 

Bajaj Pulsar Motorcycle Ad
#आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

Bajaj Pulsar Motorcycle Ad
सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत