काठमाडौं । विद्यालय स्तरीय यू–१९ क्रिकेट प्रतियोगिता लिटर फ्लावर प्रिमियर लिग (एलपीएल) करिब एक हप्ता पछि सरेको छ ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगिता फागुन २ देखि १४ गतेसम्म हुने तय भएको छ।
आयोजकले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ को जोखिमलाई हेरेर प्रतियोगिता ८ दिन सारिएको बताएको छ ।
आयोजकले जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको मापदण्ड पालना गर्ने गरि प्रतियोगिता सञ्चालन हुने बताएको छ ।
प्रतियोगिताको यस संस्करणमा काठमाडौं र कञ्चनपुरबाट समान एक टोली तथा कैलाली, धनगढी जिल्लाबाट १० टिम सहभागी हुदैछन् ।
प्रतियोगितामा विद्यालयले ४ जना १९ वर्ष मुनिका खेलाडीलाई टिममा समावेश गर्न पाउने व्यवस्था गरेको छ ।
यस वर्षदेखि प्लेयर अफ द म्याच, गेम चेन्जर अवार्ड र म्याक्सिमम सिक्सर लगायतका अवार्ड समावेश गरिएको छ ।