काठमाडौं । विश्वकै एक उत्कृष्ट अलराउन्डर ग्लेन म्याक्सवेलले बिग बास लिग (बीबीएल) को मेलवर्न स्टार्स क्लबसँग चार वर्षको सम्झौता गरेको छ ।
अष्ट्रेलियाको टी–ट्वान्टी तथा एकदिवसिय टिमका अलराउन्डर म्याक्सवेलले बीबीएलको १५ औं संस्करणसम्म मेलवर्न स्टार्समा आवद्ध रहनेछन् ।
३३ वर्षीय म्याक्सवेल सन् २०१२–१३ देखि सुरु भएको बीबीएलको मार्की खेलाडीको रुपमा रहेका छन् ।
म्याक्सवेल बीबीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका छन् ।
उनले जारी सिजन अर्थात ११ औं संस्करणमा सन्दीप लामिछाने आवद्ध होबार्ट हरिकेन्सविरुद्ध ६४ वलमै १ सय ५४ रन जोड्दै कीर्तिमान बनाएका थिए ।
म्याक्सवेल विगत चार वर्षदेखि मेलवर्न स्टार्सको कप्तानको रुपमा रहेका छन् ।
उनले इन्डियन प्रिमियर लिग अन्तर्गत किंग्स इलेभेन पञ्जाबको समेत कप्तान रहिसकेका छन् ।