काठमाडौं । बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल ६ महिना टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा उपलब्ध नहुने भएका छन् ।
इकबालले पत्रकार सम्मेलन गर्दै अफि टी-ट्वान्टी अन्तराष्ट्रियमा उपलब्ध नहुने बताएका छन् । यद्दपी उनले घरेलु क्रिकेट भने खेल्ने छन् ।
विश्वकपका लागि बंगलादेश क्रिकेट बोर्डले बोलाएमा भने आफुले विचार गर्ने उनले बताएका छन् ।
इकबालले पछिल्लो १२ महिनायता टी-ट्वान्टी टिमबाट बाहिर रहदै आएका छन् ।
पछिल्लो निर्णय उनले बोर्डसँगको छलफलपछि गरिएको बताएका छन् ।
तर, बोर्डले उनको निर्णय रोक खोजेको बताईएको छ ।
इकबालले बंगलादेशका लागि ७८ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।