न्यूजिल्यान्डले सिमित मैदानमा क्रिकेट खेलाउने
बिहिबार, माघ १३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । कोभिड–१९ (ओमिक्रोन) को प्रभावलाई कम गर्नका लागि न्यूजिल्यान्डले अन्तर्राष्ट्रिय क्रिकेट सिरिजहरु सिमित मैदानमा मात्र खेलाउने भएको छ ।
दक्षिण अफ्रिकाविरुद्धको दुई खेलको टेस्ट सिरिज क्रिसचर्चमा मात्र हुने भएको छ ।
पहिलो टेस्ट फेब्रुअरी १७ बाट सुरु हुनेछ ।
यसअघि क्रिसचर्च तथा वेलिङटनमा सिरिज आयोजना गर्ने तालिका रहेको थियो ।
त्यसैगरी, अष्ट्रेलियाविरुद्धको तीनवटै टी–ट्वान्टी खेल नापियरमा खेलाइने भएको छ ।
पहिलो खेल मार्च १७ मा हुनेछ ।
नेदरल्यान्ड्सविरुद्धको एक टी–ट्वान्टी तथा एक एकदिवसिय खेल माउन्ट माउङगानुई तथा दुईवटा एकदिवसिय ह्यामिल्टनमा खेलाइने छ ।
टी–ट्वान्टी मार्च २५ मा हुनेछ ।
भारतीय महिला क्रिकेट टिमले भने न्यूजिल्यान्डविरुद्धको एक टी–ट्वान्टी तथा पाँच खेलको एकदिवसिय सिरिज क्वीन्सटाउनमा खेलाइनेछ ।
#अन्तर्राष्ट्रिय क्रिकेट सिरिज










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

