आईपीएल दक्षिण अफ्रिकामा आयोजना गर्न प्रस्ताव
मंगलबार, माघ ११, २०७८खेलपाटी संवाददाता

काठमाडौं । दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) दक्षिण अफ्रिकामा आयोजना गर्न भारतसमक्ष प्रस्ताव राखेको छ ।
बीसीसीआईले फेब्रुअरी २० तारिखमा आईपीएलका लागि खेल स्थलहरुको टुंगो लगाउने जनाएको छ ।
बीसीसीआईले भारतमै आयोजना गर्ने तयारी गरेपनि कोभिडका कारण युएई र दक्षिण अफ्रिकालाई विकल्पको रुपमा राखेको छ ।
तर दक्षिण अफ्रिकाले भने युएई भन्दा दक्षिण अफ्रिका खर्चका हिसाबले सस्तो पर्ने जनाएको छ ।
दक्षिण अफ्रिकाले होटल खर्चपनि युएई भन्दा सस्तो पर्ने जनाएको छ ।
आईपीएलको गत संस्करणको दोस्रो चरण युएईमा भएको थियो ।
बीसीसीआई र दक्षिण अफ्रिकाको बोर्डका पदाधिकारीहरुबीच त्यसका लागि छलफल समेत भइरहेको बताइएको छ ।
#आईपीएल










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

