काठमाडौं । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक राहुल द्रविडले दक्षिण अफ्रिकासँगको एकदिवसिय सिरिजको पराजयले भारतीय टिमको आँखा खोल्ने काम गरेको छ ।
भारतले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसिय सिरिज ३–० ले हारेको थियो ।
द्रविडले उक्त सिरिजले भारतीय टिमको आँखा खोल्ने काम गरेको बताए ।
उनका अनुसार उनको प्रशिक्षणको पहिलो एकदिवसिय सिरिज रहेको तथा भारतले सन् २०१९ को विश्वकपपछि त्यति धेरै एकदिवसिय नखेलेको बताए ।
तर उनले सन् २०२३ मा हुने विश्वकपका लागि समय पाएको तथा विश्वकप अघि धेरै खेलहरु खेल्ने जनाए ।
द्रविडले भारतीय टोलीले चाडै राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।