काठमाडौं । घरेलु टोली दक्षिण अफ्रीकाले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ ।
आइतबार राति अन्तिम तथा तेस्रो एकदिवसीयमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रीकाले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।
केपटाउनमा दक्षिण अफ्रीकाले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ८३ रनमा समेटियो ।
भारतका लागि विराट कोहलीले ६५ रनको अर्धशतकीय इनिङ्स खेल्दा शिखर धवनले ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै दिपक चाहरले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा सूर्यकुमार यादवले ३९ रन जोडे ।
श्रेयस आयरले २६ रन जोडे भने कप्तान केएल राहुल ९ रनमा आउट भए ।
दक्षिण अफ्रीकाका लुंगी एनजीडी र एडिलेले ३/३ विकेट लिए । ड्वाने प्रिटोरीउसले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८७ रन जोडेको थियो ।
दक्षिण अफ्रीकाका लागि क्विन्टन डी ककले १ सय २४ रनको शतकीय इनिङ्स खेले ।
रस्सी भान डेर डुसेनले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा डेभिड मिल्लरले ३९ रन बनाए ।
भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए । दिपक चाहर र जस्प्रित बुम्राहले २/२ विकेट लिए ।