काठमाडौं । पाकिस्तानका विकेट किपर ब्याट्सम्यान मोहमद रिजवानले आईसीसी टी-ट्वान्टी क्रिकेटर अफ दि इयर-२०२१ अवार्ड जितेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार रिजवानले टी-ट्वान्टी क्रिकेटर अफ दि इयर अवार्ड जितेको जनाएको छ ।
२९ वर्षीय रिजवानले २०२१ मा २६ इनिङ्समा १३ सय २६ रन जोडेका थिए । जसमा एक शतक र १२ अर्धशतक रहेको छ।
रिजवानले २२ क्याच आउट र २ स्टम्पिङ गरेका थिए ।
यस्तै ओमानका जिसन मक्सुदले आईसीसी एसोसियट प्लेयर अफ दि इयर अवार्ड पाएका छन् ।