‘कोहलीलाई दवाव दिएर कप्तानीबाट हटाइएको हो’
आइतबार, माघ ९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । पूर्व पाकिस्तानी बलर सोएब अख्तरले विराट कोहलीलाई भारतीय क्रिकेट टिमको कप्तानबाट हट्न दवाव दिइएको बताएका छन् ।
जनवरी १५ तारिखमा टेस्ट टिमको कप्तानी छाडेका कोहलीलाई डिसेम्बर ८ मा एकदिवसिय टिमको कप्तानीबाट हटाइएको थियो ।
त्यसअघि सेप्टेम्बर १६ मा कोहलीले टी–ट्वान्टी टिमको कप्तानी छाडेका थिए ।
तर लिजेन्ड्स लिग क्रिकेटमा सहभागिता जनाउन लागेका अख्तरले भने कोहलीले कप्तानी नछाडेको बरु उनलाई कप्तानी छाड्नका लागि बाध्य पारिएको बताए ।
अख्तरका अनुसार कोहली ठूला ब्याट्सम्यान हुन तथा अरुले हात पार्न नसकेको सफलता कोहलीले हात पारेका छन् ।
#सोएब अख्तर










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

